समाचार
विगु गाउँकार्यपालिकाकाे (२८ औं) बैठककाे निर्णयहरू!!!
निर्णय नं. १ ः
यस गाउँपालिकाकाे व्यवसाय दर्ता तथा नवीकरण कार्यविधि, २०७५ पारित गर्ने साथै सबै व्यवसयलाई वडा कार्यलयमा दर्ता गरी त्यसको विवरण गाउँपालिकामा पेश गर्ने निर्णय गरियाे ।
निर्णय नं. २ ः
यस गाउँपालिकामा रहेकाे एम्बुलेन्सहरू एम्बुलेन्स संचालन कार्यविधि बनाई संचालन गर्ने निर्णय गरियाे ।
निर्णय नं. ३ ः
यस गाउँपालिकाभित्र विगतमा स्थानीय निकायबाट स्थायी नियुक्ति पाएका कर्मचारीहरूलाई स्थानीय तह (गाउँपालिकामा) समायाेजन गर्ने निर्णय गरियाे ।
निर्णय नं. ४ ः
अपाङ्गता भएका व्यक्तिकाे परिचय-पत्र वितरण कार्यविधि २०७५ ,नगर प्रहरी कार्यविधि २०७५ , विगु गाउँपालिका आपतकालीन कार्यसंचालन केन्द्र संचालन विधि २०७५ पारित गर्ने निर्णय गरियाे ।
निर्णय नं. ५ ः
यस गाउँपालिकाकाे आन्तरिक लेखा परीक्षण ICAN मा आवद्ध अडिटरबाट गर्ने निर्णय गरियाे।
निर्णय नं. ६ ः
यस गाउँपालिकाभित्र तपशिलमा उल्लेख गरिए बमाेजिमका झाेलुङ्गे पूलकाे नयाँ निर्माण र बृहत मर्मत गर्नकाे लागि आवश्यक सहयाेग गरिदिन Shree Trail Bridge Support Unit, Pulchowk, Lalitpur लाई अनुराेध गर्ने निर्णय गरियाे ।
तपशिल
| नयाँ निर्माण तर्फ | |
| १ | ओरङ खाेला झाे.पू. विगु २ र ३ |
| २ | काेथेलीखाेला झाे.पू. विगु ५ र ६ |
| ३ | स्याखुखाेला झाे.पू. विगु ५ र ६ |
| बृहत मर्मत तर्फ | |
| १ | नगरा खाेला झाे.पू. विगु ६ |
| २ | मैरे खाेला झाे.पू. विगु ८ |
| ३ | सिंगटी बजार झाे.पू. विगु ४ |
